‘पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन्’

हिमाल प्रेस १८ वैशाख २०८३ १९:२८ | Friday, May 1, 2026
20
SHARES
‘पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन्’

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशील, चार आर्य सत्य सिद्धान्त मार्गदर्शक बन्न सक्ने बताएका छन्।

२५७०औँ बुद्ध जयन्तीका अवसरमा आज (शुक्रबार) आयोजित ‘बृहद् बौद्धसभा’लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आजको विश्व अनेकन चुनौती, द्वन्द्व, असहिष्णुता, जलवायु संकट र मानवीय मूल्यको क्षयबाट गुज्रिरहेको सन्दर्भमा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको स्पष्ट पारे।

उनले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताए। बुद्धका मार्गदर्शनले व्यक्ति, समाज र राष्ट्रमात्र नभई समग्र विश्वलाई नै सकारात्मक बाटोतर्फ डोर्‍याउने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्त्वपूर्ण योगदान दिन सक्ने सबैको विश्वास रहेको बताए।

प्रकाशित: १८ वैशाख २०८३ १९:२८ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast