काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा थियो।
विगत केही दिनदेखि निरन्तर उच्च मूल्यको रेकर्ड बनाउँदै आएको अमेरिकी डलरको विनिमयदर शुक्रबार र शनिबार लगातार घटेको हो। त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा छ। हिजो युरो १ को खरिददर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ११ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८७ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०३ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ ७५ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ७१ पैसा थियो। आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ २८ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०८ रुपैयाँ ९९ पैसा थियो।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर





