डलरको खरिददर १५३ रुपैयाँ ८६ पैसा

हिमाल प्रेस ५ जेठ २०८३ ६:२० | Tuesday, May 19, 2026
18
SHARES
डलरको खरिददर १५३ रुपैयाँ ८६ पैसा

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८५ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

आज युरो १ को खरिददर १७८ रुपैयाँ ५९ र बिक्रीदर १७९ रुपैयाँ ६४ पैसा छ। हिजो युरो १ को खरिददर १७८ रुपैयाँ १७ र बिक्रीदर १७७ रुपैयाँ ८७ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०१ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा थियो। आज कुवेती दिनार १ को खरिददर ५०१ रुपैयाँ ५० पैसा र बिक्रीदर ५०३ रुपैयाँ ४६ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ २४ पैसा र बिक्रीदर ५०२ रुपैयाँ २० पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ९३ पैसा थियो।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

प्रकाशित: ५ जेठ २०८३ ६:२० | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast