काठमाडौँ- शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तथा माध्यमिक तहका खुला प्रतियोगितात्मक लिखित परीक्षाका कार्यक्रम अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि स्थगित गरेको छ।
आयोगले सोमबार सूचना जारी गर्दै जेठ २३ गते सञ्चालन हुने तय भएको निम्नमाध्यमिक तह, तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित (सामान्य) परीक्षा तथा असार ६ गते सञ्चालन हुने माध्यमिक तह, तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित (विषयगत) परीक्षा स्थगित गरिएको जनाएको हो।
आयोगका उपसचिव गोविन्द शर्माद्वारा जारी सूचनामा अर्को सूचना प्रकाशन नभएसम्म परीक्षा कार्यक्रम स्थगित रहने उल्लेख गरिएको छ।
परीक्षामा सहभागी हुने तयारीमा रहेका परीक्षार्थी तथा सम्बन्धित सबैलाई आयोगले जानकारी लिन अनुरोध गरेको छ।
प्रकाशित: ५ जेठ २०८३ १५:४२ | Tuesday, May 19, 2026
प्रतिक्रिया




