अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद

हिमाल प्रेस २३ वैशाख २०८३ ८:४६ | Wednesday, May 6, 2026
14
SHARES
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद बजेटबारे सांसदहरूलाई विज्ञहरूबाट प्रशिक्षण दिलाएको विषयमा जानकारी दिँदै रास्वपा सांसद डा. स्वर्णिम वाग्ले।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग पूर्वबजेट छलफल गर्दैछन्। छलफल अपराह्न चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा राखिएको छ।

छलफलमा नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताबारे छलफल हुनेछ। साथै सांसदहरुले आआफ्ना क्षेत्रमा आवश्यक बजेट र कार्यक्रमबारे मन्त्रीहरुलाई जानकारी गराउने तयारी छ ।

सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउँदैछ। त्यसअघि मन्त्री र सांसदबीच छलफल कार्यक्रम राखिएको हो ।

प्रकाशित: २३ वैशाख २०८३ ८:४६ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast