वस्तु तथा सेवाको मूल्यसूची राख्न आग्रह

हिमाल प्रेस १ जेठ २०८३ ५:५५ | Friday, May 15, 2026
वस्तु तथा सेवाको मूल्यसूची राख्न आग्रह फाइल तस्बिर।

पोखरा- जिल्ला प्रशासन कार्यालय कास्कीले वस्तु तथा सेवाको मूल्यसूची राख्न सम्बन्धित सबैमा आग्रह गरेको छ।

कार्यालयका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्लाभित्र सञ्चालित दैनिक उपभोग्य वस्तु, फलफूल तथा तरकारी, दूध तथा दूधजन्य वस्तुलगायत बिक्रीका लागि राखिएका सामग्रीमा अनिवार्य रूपमा मूल्यसूची राख्न सम्बन्धित सबैमा आग्रह गरेको हो।

खाद्यान्न, माछा तथा मासु, फलफूल तथा तरकारी, दूध तथा दूधजन्य वस्तु, बीउबिजन तथा कृषि सामग्री, एग्रोभेट, औषधी, भाँडा, फेन्सी तथा कपडा, कस्मेटिक, ब्युटी पार्लर, सैलुन, होटल तथा रेष्टुरेन्ट, ल्याब, इलेक्ट्रिकल सामान, पूजा सामग्री, स्टेशनरीलगायत वस्तु तथा सेवा बिक्रेताले बिक्री गर्ने वस्तु तथा सेवाको मूल्यमा पारदर्शिता कायम गर्नका लागि मूल्यसूची बिक्रीवितरण स्थलमा स्पष्ट देखिने र बुझिने गरी अनिवार्य राख्न अनुरोध गरिएको छ।

प्रशासनले नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसनलगायत व्यावसायिक संघ संगठनबाट आफ्ना सदस्य व्यवसायमा वस्तु तथा सेवाको मूल्यसूची राख्न समन्वय गरिदिन पनि अनुरोध गरेको छ।

स्थानीय तह, सरोकारवाला निकाय वा यस कार्यालयबाट खटी आउने अनुगमन टोली वा कतैकसैबाट यस सूचनाको विपरीतका गतिविधि भएको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

प्रकाशित: १ जेठ २०८३ ५:५५ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast