संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस २२ वैशाख २०८३ १४:१६ | Tuesday, May 5, 2026
34
SHARES
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार नियमित एजेन्डासहित समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो।

यसअघि पनि साेमबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।

प्रकाशित: २२ वैशाख २०८३ १४:१६ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast