यी माछाको मूल्य निर्धारण

हिमाल प्रेस १ जेठ २०८३ ८:१३ | Friday, May 15, 2026
यी माछाको मूल्य निर्धारण फाइल तस्बिर

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माछा, मसला तथा अन्य खाद्य सामग्रीहरूको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार नरिवल (हरियो) र अदुवा प्रतिकिलो रु १६०-१६०, सुकेको खुर्सानी रु ४५०, खुर्सानी हरियो (लाम्चो) रु ११०, खुर्सानी हरियो (बुलेट) रु १००, माछे खुर्सानी रु ७०, अकबरे खुर्सानी रु ५०० र भेडेखुर्सानी रु ६० कायम गरिएको छ।

त्यस्तै हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ रु १२०, लसुन सुकेको (चाइनिज) रु २०० र लसुन सुकेको (नेपाली) रु १२० निर्धारण गरिएको छ।

माछातर्फ ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) रु ३१० र ताजा माछा (छडी) रु २८० कायम गरिएको समितिले जनाएको छ।

प्रकाशित: १ जेठ २०८३ ८:१३ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast