रहु माछा ३४० रुपैयाँ, सुकेको माछा १ हजार रुपैयाँ

हिमाल प्रेस १५ साउन २०८३ ८:४२ | Friday, July 31, 2026
10
SHARES
 रहु माछा ३४० रुपैयाँ, सुकेको माछा १ हजार रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि माछा तथा अन्य कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ, छडी माछा ३०० रुपैयाँ तथा सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ कायम गरिएको छ।

यसैगरी छ्यापी सुकेको प्रतिकिलो २०० रुपैयाँ, इमली १८० रुपैयाँ, सजिवन ३०० रुपैयाँ, जिरीको साग २०० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ५०० रुपैयाँ, सौफको साग २०० रुपैयाँ र पुदिना ४०० रुपैयाँ तोकिएको छ।

समितिले दैनिक बजार अवस्थाअनुसार कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गर्दै आएको जनाएको छ।

प्रकाशित: १५ साउन २०८३ ८:४२ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast