कति पुग्यो माछाको मूल्य?

हिमाल प्रेस २९ जेठ २०८३ ८:४१ | Friday, June 12, 2026
6
SHARES
कति पुग्यो माछाको मूल्य?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि माछा तथा मासुजन्य उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार विभिन्न प्रकारका ताजा र सुकेको माछाको मूल्यमा भिन्नता देखिएको छ।

समितिले निर्धारण गरेको मूल्यअनुसार ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, बचुवा रु ३०० र छडी माछा रु २५० रहेको छ। यस्तै सुकेको माछाको मूल्य प्रतिकिलो रु १,००० तोकिएको छ। सुकेको खुर्सानी पनि रु ५०० प्रति किलो कायम गरिएको छ।

हरियो खुर्सानीको मूल्य भने रु ४० देखि ५० सम्म रहेको छ भने अकबरे खुर्सानी रु ३०० प्रति किलो निर्धारण गरिएको छ।

हरियो लसुन रु २०० र सुकेको लसुन (नेपाली/चाइनिज) रु १८० देखि २२० सम्म रहेको समितिले जनाएको छ।

प्रकाशित: २९ जेठ २०८३ ८:४१ | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast