राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरू। तस्बिर : रासस
काठमाडौँ- संघीय संसद्अन्तर्गतको राष्ट्रियसभाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। राष्ट्रियसभामा सत्ता पक्ष अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व छैन। विपक्षी दलले मात्रै सरकारको नीति तथा कार्यक्रम पारित गरेका हुन्।
राष्ट्रियसभाको बिहीबारको बैठकले सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।
नीति तथा कार्यक्रम पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिइ। नीति तथा कार्यक्रम पारित प्रक्रियामा एमाले सहभागी भएन।




