प्रधानमन्त्री नआउँदा संसद् अवरुद्ध, सांसद आशिकाले भनिन्- प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ

हिमाल प्रेस ७ जेठ २०८३ १६:५८ | Thursday, May 21, 2026
10
SHARES
प्रधानमन्त्री नआउँदा संसद् अवरुद्ध, सांसद आशिकाले भनिन्- प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ

काठमाडौँ- सांसद आशिका तामाङले प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषयलाई लिएर प्रतिनिधिसभा बैठक पटकपटक अवरुद्ध भएको भन्दै प्रधानमन्त्रीले सदनमा आएर सम्बोधन गर्नुपर्ने बताएकी छन्।

तामाङले प्रधानमन्त्री नआउँदा करिब दुई घण्टासम्म संसद् अवरुद्ध भएको बताइन्। उनले प्रधानमन्त्रीलाई एकपटक संसद्मा उपस्थित भएर सम्बोधन गर्न आग्रह गर्दै सांसदहरूले पटकपटक अवरोधको अवस्था भोग्न नपर्ने वातावरण बनाउनुपर्ने बताइन्।

‘प्रधानमन्त्री वालेन्द्र शाह आउनुभएन भनेर दुई घण्टासम्म संसद् अवरुद्ध भयो। एकपटक प्रधानमन्त्रीज्यूले संसद्मा आएर सम्बोधन गरिदिनुहुन हार्दिक अपिल गर्दछु। कति दिनसम्म हामी सांसदहरूले घण्टौँसम्म अवरोध खेपिरहनुपर्ने हो?’, उनले बिहीबार सामाजिक सञ्जालमार्फत भनिन्।

तामाङले संसद्को नियमित कार्यसूची प्रभावित हुने गरी भइरहेको अवरोध अन्त्य गर्न सरकार र सम्बन्धित पक्ष गम्भीर हुनुपर्नेमा जोड दिइन्।

बिहीबार संसद् बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलहरू श्रम संस्कृति पार्टी, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले अवरोध गरेका छन्।

प्रकाशित: ७ जेठ २०८३ १६:५८ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast