काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक ऐनसिंह महरले संसद्को नयाँ बैठक कक्षका सिट फिल्म हल जस्तो र टेबल कक्षाकोठाको जस्तो बनाइएको बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा महरले नयाँ संसद् हलको विषयमा यस्तो टिप्पणी गरेका हुन्।
‘त्यो सभा हल प्रतिनिधि सभाको हल हो, त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन्,’ महरले भने, ‘ती सिटहरू फिल्महलको जस्तो बनाइएको छ। टेबलहरू कक्षाकोठाका जस्तो बनाइएका छन्।’
उनले थपे,‘त्यो सभा हल जस्तो छैन, फिल्म हल जस्तो बनाउने कोसिस गरिएको छ। त्यसलाई ध्यान पुगोस् र त्यसलाई प्रतिनिधि सभाको गरिमामय हल जस्तो बनाइयोस्।’
प्रकाशित: १३ जेठ २०८३ १२:०८ | Wednesday, May 27, 2026
प्रतिक्रिया




