प्रधानमन्त्री नाटकीय ढंगबाट संसद् आउनु राम्रो भयो : अर्जुननरसिंह केसी

हिमाल प्रेस १७ जेठ २०८३ १४:५९ | Sunday, May 31, 2026
10
SHARES
प्रधानमन्त्री नाटकीय ढंगबाट संसद् आउनु राम्रो भयो : अर्जुननरसिंह केसी

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह नाटकीय ढंगबाट संसद् आउनु राम्रो भएको बताएका छन्।

प्रधानमन्त्री शाहले आइतबार सांसदका प्रश्नहरूको जवाफ दिएका छन्। सांसद केसीले सुरुमै प्रधानमन्त्री नाटकीय ढंगबाट संसद् उपस्थित भएर सांसदको प्रश्नको जवाफ दिन खोजेकोमा सकारात्मक रूपमा नै लिएको बताए।

उनले भने, ‘विकसित देशहरूमा पनि यस्तो अभ्यास छ, म उहाँ संसदमा उपस्थित भएर प्रश्नको सामना गर्न तयार भएकोमा म स्वागत नै गर्छु।’

तर, संसदीय नियमावलीमा उल्लेख भएअनुसार प्रश्नोत्तर कार्यक्रम बेग्लै हुनुपर्ने उनको माग थियो।

प्रकाशित: १७ जेठ २०८३ १४:५९ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast