द्वन्द्व अन्त्य गर्न इरानको नयाँ प्रस्ताव

हिमाल प्रेस २० वैशाख २०८३ १६:२२ | Sunday, May 3, 2026
6
SHARES
द्वन्द्व अन्त्य गर्न इरानको नयाँ प्रस्ताव

काठमाडौँ- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग जारी द्वन्द्व र क्षेत्रीय तनाव अन्त्य गर्ने उद्देश्यले एक नयाँ शान्ति प्रस्ताव अगाडि सारेका छन्।

यो प्रस्तावबारे जानकारी गराउन उनले विगत दुई दिनदेखि एसिया, युरोप र मध्यपूर्वी देशका आफ्ना समकक्षीहरूसँग टेलिफोन वार्ता गरिरहेका छन्।

इरानी विदेश मन्त्तालयका अनुसार अराघचीले शुक्रबार र शनिबार टर्की, साउदी अरेबिया, कतार, इजिप्ट, इराक, रुस, अजरबैजान, दक्षिण कोरिया, जापान, फ्रान्स र इटलीका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।

साथै उनले युरोपेली संघका परराष्ट्र नीति प्रमुखसँग पनि परामर्श गर्दै अमेरिकासँग सम्भावित स्थायी युद्धविरामका सर्तहरू र नयाँ प्रस्तावका बुँदाहरू साझा गरेका छन्।

विदेशमन्त्री अराघचीले फारसको खाडी र होर्मुजमा बढ्दो असुरक्षाका लागि अमेरिकी र इजरायली सैन्य गतिविधिलाई जिम्मेवार ठहराएका छन्।

उनको भनाइ उद्धृत गर्दै इरानको विदेश मन्त्रालयले भनेको छ,‘इरानले कहिल्यै युद्ध चाहेको छैन र सुरू पनि गरेको छैन। यदि अमेरिकाले आफ्नो दबाबपूर्ण नीति, धम्की र उक्साहटपूर्ण कार्यहरू त्याग्छ भने इरान कूटनीतिक समाधानका लागि सधैँ तयार छ।’

यसका साथै उनले इरानी सशस्त्र बल कुनै पनि सम्भावित बाह्य आक्रमणको सामना गर्न पूर्ण रूपमा सक्षम र उच्च सतर्कतामा रहेको चेतावनीसमेत दिएका छन्।

गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त अमेरिकाले तेहरानलगायतका सहरहरूमा गरेको आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी र उच्च सैनिक कमाण्डरहरूको मृत्यु भएपछि द्वन्द्व उत्कर्षमा पुगेको थियो। यसको प्रतिरोधमा इरानले इजरायल र अमेरिकी सैन्य अड्डाहरूमा व्यापक ड्रोन तथा क्षेप्यास्त्रहरू प्रहार गरेको थियो।

यसअघि अप्रिल ८ मा दुई हप्ताका लागि युद्धविराम घोषणा गरिए तापनि इस्लामावादमा भएको वार्तामा ठोस सहमित जुट्न सकेको थिए।

प्रकाशित: २० वैशाख २०८३ १६:२२ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast