अमेरिकाले आक्रमण गरेमा युद्ध अझ विस्तार गर्छौँँ : इरान

हिमाल प्रेस ७ जेठ २०८३ ९:३१ | Thursday, May 21, 2026
अमेरिकाले आक्रमण गरेमा युद्ध अझ विस्तार गर्छौँँ : इरान

काठमाडौँ- अमेरिकाले इजरायली ‘जाल’मा परेर इरानविरुद्ध नयाँ आक्रामक कारबाही गरे त्यसको जवाफ नयाँ उपकरण र नयाँ रणनीतिमार्फत दिइने इरानले चेतावनी दिएको छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले सरकारी समाचार एजेन्सीसँग कुरा गर्दै भने, “यदि, शत्रु फेरि पनि इजरायली जालमा फसेर हाम्रो प्रिय इरानविरुद्ध नयाँ आक्रामक कारबाही गर्छ भने, हामी त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाहरूका साथ नयाँ मोर्चा खोलेर दिनेछौँ ।”

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्भावनालाई जीवित राख्न चाहेको भन्दै इरानमाथि गर्ने योजना बनाइएका आक्रमणहरू हालका लागि स्थगित गरिएको बताएका थिए। ट्रम्पको उक्त अभिव्यक्तिपछि तनाव कम हुने अपेक्षा गरिएको थियो । तर, इरानको यो नयाँ चेतावनीले परिस्थितिलाई पुनः गम्भीर बनाएको छ।

इरानी सेनाले आफ्नो वक्तव्यमा कुनै पनि सम्भावित सैन्य कारबाहीको जवाफ पहिलेभन्दा अझ व्यापक रूपमा दिन सकिने स्पष्ट संकेत दिएको छ । यद्यपि, इरानले ती ‘नयाँ मोर्चा’ वा ‘नयाँ सैन्य रणनीति’ कस्तो स्वरूपका हुनेछन् भन्ने विषयमा थप विवरण सार्वजनिक गरेको छैन। यो वक्तव्य सार्वजनिक भएसँगै क्षेत्रीय सुरक्षा अवस्था तथा सम्भावित सैन्य संघर्षलाई लिएर चिन्ता फेरि बढेको समाचारमा उल्लेख छ ।

प्रकाशित: ७ जेठ २०८३ ९:३१ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast