एमाले पार्टी कार्यालय हटाउन निर्देशन

हिमाल प्रेस २४ वैशाख २०८३ १३:५१ | Thursday, May 7, 2026
22
SHARES
एमाले पार्टी कार्यालय हटाउन निर्देशन जेनजी आन्दोलनमा आगजनी गरिएको नेकपा एमालेको केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेको पार्टी कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान परिसरबाट हटाउनुपर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त जग्गा र त्यहाँ बनेका संरचना खाली गर्न बिहीबार सूचना जारी गरेको हो।

मन्त्रालयले सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधनसहित) को प्रावधानअनुसार भोगाधिकार प्राप्त भए पनि हालसम्म लिजमा रूपान्तरण नगरेका जग्गा तत्काल खाली गर्न निर्देशन दिएको छ।

२०७३ चैत ३१ र २०७४ साल वैशाख २१ मा तत्कालीन भूमिसुधार तथा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार तोकिएको समयभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था वा निकायहरूको भोगाधिकार स्वतः समाप्त भइसकेको छ। बाँकी बक्यौता रकम भए सरकारी कोषमा दाखिला गरी सम्बन्धित जग्गा र संरचना तत्काल खाली गर्न पनि निर्देशन दिइएको छ।

यस निर्णयसँगै सोही परिसरमा रहेको नेकपा एमालेको पार्टी कार्यालय पनि हटाउनुपर्ने अवस्था आएको हो। एमालेले तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानका नाममा २०५८ साल चैतमा मन्त्रिपरिषद्को स्वीकृतिमा १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गा भोगचलन गर्दै आएको भए पनि उक्त जग्गा अहिलेसम्म लिजमा परिणत गरिएको छैन।

प्रकाशित: २४ वैशाख २०८३ १३:५१ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast