काठमाडौँ- हिरो मोटर कर्पोरेसन नेपालले आज काठमाडौँस्थित बानेश्वर र सीतापाईलामा अत्याधुनिक शोरुमको औाचारिक उद्घाटन सम्पन्न गरेको छ। नयाँ शोरुममार्फत ग्रहकले हिरोका नवीनतम् प्रविधि जडित मोटरसाइकल तथा स्कुटरका मोडलहरु एउटै स्थानमा अवलोकन तथा खरिद गर्न सक्ने जनाइएको छ। साथै आधुनिक बिक्री सेवा, सरल रुपमा फाइनान्सको सुविधा तथा दक्ष टेक्निसियनहरु मार्फत सर्भिसको सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा हिरो मोटोकर्प भारतका एशिया व्यवसाय प्रमुख, सीजी. मोटर्स प्रा.लि. का व्यवसाय प्रमुख, मार्केटिङ प्रमुख, अन्य अतिथि, स्थानीय व्यवसायी, ग्राहक, मिडिया प्रतिनिधि लगायत हिरो पारखी ग्राहकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उद्घाटन अवसरमा विशेष आकर्षणस्वरुप :
– नयाँँ बाइक तथा स्कुटर प्रदर्शन
- Test Ride सुविधा
- Opening offers
- उपहार तथा cash back योजना
Exchange Offers का राम्रो व्यवस्था



