पोखरा- हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफूल र तरकारी बालीमा क्षति पुगेको छ।
सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण महानगर क्षेत्रका वडा नं १३, २२, २३, २४, २८, ३१, ३२, ३३ लगायतका वडामा लगाइएको मकैसहित फलफूल तथा तरकारी बारीमा क्षति पुगेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए।
कृषि प्राविधिक एवम् वडास्तरीय कृषि सञ्जालबाट क्षतिको विवरण संकलन सुरु गरिएको छ। वडा नं १३ मा लगाइएको करिब २०० रोपनी क्षेत्रफलको तरबुजालाई असिनाले क्षति पुर्याएको छ।
सुरौँदी खोलामा पानीको बहाब बढेपछि महानगरको ३३ नं वडाको सुरौदी तिखेढुङ्गा क्षेत्रमा पुल नहुँदा ३५ रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको तरबुजा बजारमा ल्याउन मुस्किल भएको छ।
प्रकाशित: १२ जेठ २०८३ १६:४८ | Tuesday, May 26, 2026
प्रतिक्रिया




