गरिबी हटाउने नाममा सरकारले गरिबमाथि विभेद गरेको छ : गगन थापा

हिमाल प्रेस १६ जेठ २०८३ १८:२७ | Saturday, May 30, 2026
12
SHARES
गरिबी हटाउने नाममा सरकारले गरिबमाथि विभेद गरेको छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले न्यून आय भएका व्यक्तिहरुप्रति सरकारको ठूलो उदासीनता देखिएको बताएका छन्।

शनिबार पार्टी कार्यालय सानेपामा नेपाल थारू संघको प्रथम महाधिवेशनको उद्घाटन गर्दै सभापति थापाले सरकारले ल्याएको बजेटमा कतिपय राम्रा कुराहरु समावेश भए पनि न्यून आय भएका व्यक्तिहरुप्रति ठूलो उदासीनता देखिएको बताएका हुन्।

वर्तमान सरकारले मुलुकबाट गरिबी हटाउने नाममा गरीबहरुमाथि नै विभेद गर्न खाजेको भन्दै उहाले गरिबी र गरीब दुईटा फरक कुरा हो भन्ने मेसो सरकारले पाउन नसकेको धारणा राखे।

सभापति थापाले बजेटमा संरचनागत सुधारका लागि थुप्रै सकारात्मक कुराहरुलाई अघि सारेकाले त्यसलाई स्वागत गर्दै आवश्यक कानून निर्माणमा मद््त गर्ने उल्लेख गरे।

उनले प्रतिपक्षको जिम्मेवारी सानो जिम्मेवारी नभएको भन्दै सरकारलाई सजक गराउँदै जनताको मुद्दा स्थापित गर्न गम्भीर भएर भूमिका निर्वाह गर्नुपर्ने बताए। यसका लागि सबैभन्दा पहिला निर्वाचन हार्‍यौँ, सत्ता सञ्चालन गर्ने जिम्मेवारी प्राप्त गरेनौँ भन्ने मनोदशाबाट बाहिर निस्कनुपर्ने उनको भनाइ छ।

सभापति थापाले आगामी निर्वाचनमा कम्तीमा पनि १०० वटा पालिकामा कांग्रेस पार्टीको तर्फबाट मेयर वा अध्यक्षको उम्मेद्वार महिला बनाउने कोसिस भइरहेको बताए। स्थानीय तहको निर्वाचनमा लड्न चाहने इच्छा भएकाहरुले पार्टीको लिडरसीप एकेडेमीमा भर्ना हुनुपर्ने र आफूलाई योग्य सावित गर्नुपर्ने उनले बताए।

कार्यक्रममा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्ताप्राप्तिका लागि कांग्रेस आफ्नो पहिचान भुलेर अर्काको इशारामा हिँड्न खोज्दा आफ्नो चाल बिर्सिएको धारणा राखे।

कांग्रेस एकताबद्ध भएर अघि बढ्ने संकल्प गर्नुपर्ने उनले बताए। उनले पार्टी र संसद एउटै भन्ने बिर्सिएको कांग्रेसलाई अब पार्टी र संसद एउटै बाटोबाट हिँडाउने प्रयास आफूहरुले गरिरहेको धारणा राखे।

उनले पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई बलियो बनाउँदै कांग्रेसलाई पहिलेकै अवस्थामा ल्याउने समेत बताए।

प्रकाशित: १६ जेठ २०८३ १८:२७ | Saturday, May 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast