गोरखा मिडिया नेटवर्कलाई घर खाली गर्न १५ दिने सूचना

हिमाल प्रेस १२ जेठ २०८३ ८:५८ | Tuesday, May 26, 2026
2
SHARE
गोरखा मिडिया नेटवर्कलाई घर खाली गर्न १५ दिने सूचना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिका नाममा १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले आज सार्वजनिक सूचना प्रकाशित गर्दै गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ‘ग्लेक्सी फोरके टेलिभिजन’ रहेको घर खाली गर्नको लागि सञ्चालकका नाममा १५ दिने सूचना जारी गरेको हो।

काठमाडौँ महानगरपालिका ३ बस्ने मृगेन्द्र प्रसाद मिश्रले ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन भएको घर खाली गर्न गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्र बाबु राईविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। अदालतले २८ साउन २०८२ मै घरजग्गाको बहाल रकम असुल उपर गरी घर खाली गर्न आदेश दिएको थियो।

त्यतिबेला अदालतले काठमाडौँ महानगरको न्यायिक समितिको नाममा पनि परमादेश जारी गरेको थियो। सोही अनुसार महानगरले गोरखा मिडिया नेटवर्कको नाममा घर खाली गर्न १५ दिने सूचना जारी गरेको हो।

 

प्रकाशित: १२ जेठ २०८३ ८:५८ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast