हुम्लामा बाढीले विद्यालय र गोठ बगायो

हिमाल प्रेस ६ जेठ २०८३ ८:०२ | Wednesday, May 20, 2026
हुम्लामा बाढीले विद्यालय र गोठ बगायो

काठमाडौँ- हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति आएको बाढीपहिरोले ठूलो क्षति पुगेको छ। असिनापानीसहितको बाढीले विद्यालय भवन, स्थानियका गोठ र खेती योग्य जमिन बगाएको छ ।स्थानियका अनुसार डाँफे आधारभूत विद्यालय बगाएको छ।

गोठहरु बगाउँदा पशुचैपायामा क्षति पुगेको छ। गोठ पुरिदा ६० वटा भेंडा र १ वटा बाख्रा मरेका स्थानिय पत्रकार नरजन तामाङले जानकारी दिए। रातिको घटना भएकाले क्षति एकिन हुनसकेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बाढि पहिरोले क्षति पु¥याएको स्थानियले जानकारी गराएपछि मेल्छाम प्रहरीचौकीको टोली आज बिहान त्यसतर्फ पठाएको बताए। नेप्का गाउँ दुर्गममा भएकाले क्षतिको यकिन विवरण आउन समय लाग्ने उनले बताए।

चंखेली गाउँपालिकाको केन्द्रसम्म पुग्न अप्ठ्यारो बाटोमा ज्यानकै जोखिम मोलेर पैदल हिँड्नुपर्ने बाध्यता छ। प्रहरीको टोली पुग्न ६ देखि ७ घण्टासम्म लाग्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए।

प्रकाशित: ६ जेठ २०८३ ८:०२ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast