स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गयो

हिमाल प्रेस ३० जेठ २०८३ ७:४६ | Saturday, June 13, 2026
4
SHARES
स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गयो

काठमाडौँ- हुम्लाको सर्केगाड गाउँपालिका–६ को बराइमा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ ।

सडक खन्ने क्रममा बिहीबार राति स्काभेटर पल्टिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताए ।

बिहीबार राति १२:०० बजे सडक खन्ने क्रममा स्काभेटर सडकभन्दा करिब ५० मिटर तल खस्दा दैलेख घर भई हाल बर्दियामा बस्दै आएका अन्दाजी २५ वर्षीय कृष्ण रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा जानकारी आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जंगबहादुर सिंहको कमाण्डमा अनुसन्धान टोली त्यसतर्फ गएको सूचना अधिकारी श्रेष्ठले बताए । घटना हुनेबित्तिकै सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो । रासस

प्रकाशित: ३० जेठ २०८३ ७:४६ | Saturday, June 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast