नेतृत्व विकासमार्फत अपांगता भएका युवालाई सशक्त बनाइँदै

हिमाल प्रेस २७ वैशाख २०८३ ११:०९ | Sunday, May 10, 2026
12
SHARES
नेतृत्व विकासमार्फत अपांगता भएका युवालाई सशक्त बनाइँदै

काठमाडौँ- अपांगता सशक्तिकरण समाज नेपालको आयोजना तथा सामाजिक विकास कार्यालय, ललितपुरको साझेदारीमा विभिन्न प्रकारका अपांगता भएका युवाका लागि नेतृत्व विकास कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ।

कार्यक्रममा शारीरिक अपांगता, बौद्धिक अपांगता भएका युवा, उनीहरूका अभिभावक तथा बहिरा एवं सुस्त श्रवण भएका युवाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता संस्थाका पूर्वमहासचिव तथा कार्यसमिति सदस्य गोपालप्रसाद घिमिरेले गरेका थिए भने कार्यक्रम संयोजन महासचिव ई.कृष्ण महर्जनले गरे।

त्यसैगरी सहजीकरण संस्थाका अध्यक्ष टेकनाथ न्यौपाने तथा नेत्रहिन युवा संघ नेपालका निर्देशक नीर श्रेष्ठले गरे। कार्यक्रममा रुबी महर्जनले सहयोगीको भूमिका निर्वाह गरिन्।

अपांगता भएका युवालाई राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यका साथ संस्थाले यो कार्यक्रमलाई वार्षिक मुख्य क्रियाकलापका रूपमा निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यक्रममा सहभागी युवाले नेतृत्व क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा सामाजिक सहभागिताका विषयमा अनुभव आदानप्रदान गरेका थिए।

आयोजक संस्थाले आगामी दिनमा समेत अपांगता भएका व्यक्तिहरूको सशक्तिकरण र अधिकार सुनिश्चितताका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित: २७ वैशाख २०८३ ११:०९ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast