स्वयंसेविकालाई अपांगता समावेशीकरणबारे अभिमुखीकरण

हिमाल प्रेस २४ जेठ २०८३ ११:५१ | Sunday, June 7, 2026
10
SHARES
स्वयंसेविकालाई अपांगता समावेशीकरणबारे अभिमुखीकरण

ललितपुर- समुदायमा आधारित पुनर्स्थापना कार्यक्रमअन्तर्गत महालक्ष्मी नगरपालिकाका ५३ जना प्राथमिक स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि अपांगता समावेशीकरणसम्बन्धी एकदिने अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न भएको छ।

अपांगता सशक्तिकरण समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रम शनिबार इमाडोलमा सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य अपांगता भएका व्यक्तिहरूलाई समावेशी, पहुँचयुक्त तथा सम्मानजनक स्वास्थ्य सेवा सुनिश्चित गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। उनले स्वास्थ्य सेवा सबै नागरिकका लागि समान र पहुँचयुक्त हुनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता तालिमहरूले स्थानीय तहमा सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।

कार्यक्रम सञ्चालन तथा सहजीकरण ई.कृष्ण महर्जनले गरेका थिए। कार्यक्रमको अध्यक्षता अपांगता सशक्तिकरण समाज नेपालका अध्यक्ष टेकनाथ न्यौपानेले गरेका थिए। उनले अपांगता भएका व्यक्तिहरूको अधिकार, सम्मान र समान पहुँच सुनिश्चित गर्न समुदायस्तरमै चेतना अभिवृद्धि आवश्यक रहेको बताए।

तालिममा सहभागीहरूलाई अपांगतासम्बन्धी आधारभूत अवधारणा, प्रकार तथा अधिकारबारे विस्तृत जानकारी दिइएको थियो। स्वास्थ्य सेवामा अपांगता समावेशीकरण, स्वास्थ्यकर्मीको भूमिका, अपांगतामैत्री सञ्चार, सम्मानजनक व्यवहार तथा पहुँचयुक्त स्वास्थ्य सेवाका व्यावहारिक उपायहरूबारे प्रशिक्षण प्रदान गरिएको थियो।

सत्रहरूमा प्रशिक्षकद्वय मुकुन्द हरि दाहाल र राजु बस्नेतले सहजीकरण गरेका थिए। तालिमका क्रममा सहभागीहरूलाई अपांगता भएका व्यक्तिहरूको अवस्था, उनीहरूसँग गर्ने व्यवहार तथा सेवा प्रवाहमा अपनाउनुपर्ने संवेदनशीलताबारे व्यवहारिक जानकारी दिइएको थियो।

कार्यक्रममा सहभागीहरूबीच अन्तरक्रिया, प्रश्नोत्तर तथा कार्ययोजना निर्माणसमेत गरिएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले स्थानीय स्वास्थ्य सेवामा अपांगता समावेशीकरणलाई थप मजबुत बनाउने छ।

ई.कृष्ण महर्जन

कार्यक्रमको आयोजना अपांगता सशक्तिकरण समाज नेपालले गरेको हो भने महालक्ष्मी नगरपालिका तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय र साझेदारीमा कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ।

प्रकाशित: २४ जेठ २०८३ ११:५१ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast