प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस

हिमाल प्रेस २४ वैशाख २०८३ १९:१५ | Thursday, May 7, 2026
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस

काठमाडौँ- संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। परिषद्को आज (बिहीबार)को बैठकले वरिष्ठताको परम्परा तोड्दै शर्माको नाम ३३ औँ प्रधानन्यायाधीशमा अघि सारेको हो।

रोलक्रमअनुसार उनी चौथो नम्बरमा थिए। अब संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेर उनको नाम अनुमोदन गर्नेछ। उनी २०७६ वैशाख ६ गते  सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। उनको नाम अनुमोदन भए ६ वर्ष प्रधानन्यायाधीश रहनेछन्।

प्रकाशित: २४ वैशाख २०८३ १९:१५ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast