डलर कीर्तिमानी मूल्यमा स्थिर

हिमाल प्रेस ४ जेठ २०८३ ६:३३ | Monday, May 18, 2026
6
SHARES
डलर कीर्तिमानी मूल्यमा स्थिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

शनिबार हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको अमेरिकी डलर आइतबार र सोमबार पनि सोही मूल्यमा स्थिर रहेको हो।  आज युरो १ को खरिददर १७८ रुपैयाँ १७ र बिक्रीदर १७७ रुपैयाँ ८७ पैसा छ। हिजो युरो १ को खरिददर १७८ रुपैयाँ ३८ र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७५ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ २४ पैसा र बिक्रीदर ५०२ रुपैयाँ २० पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो। आज बहराइन दिनार १ को खरिददर ४०६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ९३ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रकाशित: ४ जेठ २०८३ ६:३३ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast