विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल सोमबारदेखि

हिमाल प्रेस १ जेठ २०८३ ६:०७ | Friday, May 15, 2026
विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल सोमबारदेखि

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफलका लागि आगामी सोमबार, मंगलबार र बुधबार तोकिएको छ।

बिहीबार राति अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोकेका हुन्।

सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ ४ गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिए।

सभामुख अर्यालले उक्त छलफलको टिपोट गर्न अर्थ मन्त्रालय र सभाका सचिवालयका कर्मचारीलाई निर्देशन दिए।

सभाको बिहीबारको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहे पनि उक्त प्रस्ताव आजका लागि कार्यसूचीबाट हटाइएको छ।

प्रकाशित: १ जेठ २०८३ ६:०७ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast