डीडीसीका कागजात प्रहरीको नियन्त्रणमा

हिमाल प्रेस १३ जेठ २०८३ २१:०९ | Wednesday, May 27, 2026
12
SHARES
डीडीसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) बाट महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ।

ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले आवश्यक अनुसन्धानका लागि टोली गएर कागजातहरू नियन्त्रणमा लिएको जानकारी दिँदै अनुसन्धानपछि अन्य विषयहरू खुल्ने बताए।

प्रवक्ता श्रेष्ठले भने, ‘हामीसँग आइपुगेको विषयमा नियन्त्रणमा लिने, अनुसन्धान गर्ने काम सीआईबीको हो, अनुसन्धानका लागि कागजातहरु लिएका छौँ, अरु कुरा अनुसन्धानपछि नै थाहा हुन्छ।’

डीडीसीले किसानको करोडौँ रकम भुक्तानी गर्न बाँकी छ। दैनिक एक करोड बक्यौता भुक्तानी थालिएको जनाइएको छ।

प्रकाशित: १३ जेठ २०८३ २१:०९ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast