पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमाल प्रेस २४ वैशाख २०८३ १७:०७ | Thursday, May 7, 2026
14
SHARES
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई मुख्य प्रतिवादीमध्ये एक बनाउँदै विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच भएको खरिद सम्झौतामा ठेक्का मूल्यभित्र कर, महसुल तथा अन्य शुल्क समावेश गरिएको तर पछि कार्यान्वयन सम्झौता गरी ठेकेदार कम्पनीलाई कर तथा महसुल छुट दिने निर्णय गरिएको भन्दै अख्तियारले आज मुद्दा दायर गरेको हो।

अख्तियारले उक्त निर्णयबाट निर्माण कम्पनीलाई दोहोरो सुविधा दिइएको र राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको निष्कर्ष निकालेको छ।

आयोगका अनुसार यस प्रकरणबाट नेपाल सरकारलाई रु. ३ अर्ब ६३ करोड ५ लाख २२ हजार १६० बराबरको हानि पुगेको छ। यस मुद्दामा तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन सचिव महेश न्यौपाने, सहसचिव केवलप्रसाद भण्डारी, सुरेश आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम लगायतलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो असुल, जरिवाना तथा कैद सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast