अनिल झा नेतृत्वका सद्भावना पार्टी कांग्रेसमा समाहित

हिमाल प्रेस १७ जेठ २०८३ १५:२४ | Sunday, May 31, 2026
10
SHARES
अनिल झा नेतृत्वका सद्भावना पार्टी कांग्रेसमा समाहित

काठमाडौँ- अनिल झा नेतृत्वको राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ।

सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष झालगायतका नेताहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेस सभापति गगन थापाले अध्यक्ष झासहितका नेताहरूलाई पार्टीमा स्वागत गरेका छन्।

राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष झा औपचारिक रूपमा आइतबार कांग्रेसमा समाहित भए पनि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने उनी कांग्रेसबाटै रौतहटमा चुनाव लडेका थिए।
सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंहसँगै मधेश केन्द्रित राजनीतिमा सक्रिय भएका थिए। २०७९ सालमा निर्वाचन उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा–३ बाट चुनाव लडेका थिए।

पछिल्लो समय ठाकुरबाट समेत असन्तुष्ट बनेका झाले आफ्नै नेतृत्वमा राष्ट्रिय सद्भावना पार्टी ब्युँताएका थिए।

प्रकाशित: १७ जेठ २०८३ १५:२४ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast