प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन एर्न्स्ट। तस्बिर स्रोत : प्रधानमन्त्री कार्यालय
काठमाडौँ- नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन एर्न्स्टले नेपाल र अस्ट्रेलियाबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्। राजदूत एर्न्स्टले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई अझ गहिरो र परिणाममुखी बनाउन शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग मंगलबार काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (ईयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूले भेट गरेपछि राजदूत एर्न्स्टले प्रधानमन्त्री नेपालमै विश्वस्तरीय अस्ट्रेलियाली शैक्षिक कार्यक्रम तथा योग्यताहरू विस्तार गर्ने विषयमा दूतावासको चासो र प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यसैगरी उनले अस्ट्रेलियामा रहेको ठूलो नेपाली डायस्पोराले नेपालका लागि प्रत्यक्ष वैदेशिक लगानीसहित विभिन्न आर्थिक अवसरहरू सिर्जना गर्न सक्ने सम्भावनाबारे पनि चर्चा गरेको अस्ट्रेलियाली दूतावासले जनाएको छ।




