काठमाडौँ- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बुधबार बिहान बस्दैछ। पहिलो महाधिवेशनबारे छलफल गर्न रास्वपा केन्द्रीय समिति बैठक बिहान ९ बजे पार्टी कार्यालय चःमतिमा बस्न लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार आज बस्ने बैठकले केन्द्रीय महाधिवेशन मितिबारे छलफल गर्ने छ। त्यस्तै महाधिवेशनको प्रतिनिधिबारे टुंगो लगाउने नेताहरूले बताएका छन्।
यसअघि बसेको केन्द्रीय समिति बैठकले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। त्यसअनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्छ।
‘मध्यभदौ, भदौ मसान्त अथवा त्यसभन्दा पछि गर्ने गरी विभिन्न विकल्पका कुरा आएका छन्। आज त्यसबारे छलफल हुन्छ,’ बुर्लाकोटीले भने।
प्रकाशित: ३० वैशाख २०८३ ६:४९ | Wednesday, May 13, 2026
प्रतिक्रिया



