काठमाडौँ महानगरले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुलाउँदै

हिमाल प्रेस ३० वैशाख २०८३ ७:२० | Wednesday, May 13, 2026
2
SHARE
काठमाडौँ महानगरले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुलाउँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले जेठ १ गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने भएको छ । महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३–०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएको हो ।

महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

अनलाइन आवेदन जेठ १० गतेसम्म दिन सकिनेछ । छात्रवृत्तिका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।

प्रकाशित: ३० वैशाख २०८३ ७:२० | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast