रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

हिमाल प्रेस २८ वैशाख २०८३ ८:३९ | Monday, May 11, 2026
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक राप्रपा केन्द्रीय समिति बैठक। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले बुधबार केन्द्रीय समिति बैठक बोलाएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

महाधिवेशन कार्यविधि २०८३ अनुमोदन, महाधिवेशनको मिति प्रस्ताव लगायत विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको बुर्लाकोटीले जानकारी दिए। वैशाख २० गते बसेको सचिवालय बैठकले स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, संसदीय दलको विधान संशोधन गरेको थियो । रास्वपाले भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ।

 

प्रकाशित: २८ वैशाख २०८३ ८:३९ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast