रास्वपाको सचिवालय बैठकले के-के गर्‍यो निर्णय?

हिमाल प्रेस २७ वैशाख २०८३ २०:५५ | Sunday, May 10, 2026
रास्वपाको सचिवालय बैठकले के-के गर्‍यो निर्णय? रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गरेको छ। आज (आइतबार) वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले तालिका स्वीकृत गर्ने निर्णय गरेको हो।

सो अनुसार समिति गठन नभएका वडाहरूको भेला जेठ २ गते र वैशाख २० अगाडि समिति गठन भएका वडाहरूमा जेठ ३ गते वडा अधिवेशन गरिनेछ।

त्यस्तै जेठ ९ मा पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा), जेठ १० मा पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका), जेठ १६ मा वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा), जेठ १७ पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका) र जिल्ला अधिवेशन जेठ २३ र २४ मा गर्ने तालिका छ।

साथै बैठकले विभिन्न तह, विभागबाट भएको सिफारिसको आधारमा विभिन्न व्यक्तिहरू मनोनीत गरेको छ। र्‍याट समन्वय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) र उपप्रमुख बिदुर खड्कालाई मनोनीत गरेको छ। त्यस्तै स्टार्टअप विभाग प्रमुखमा डा. प्रभात अधिकारी, सचिव हरि जोशी र शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनीत गरिएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार कर्णाली प्रदेश सहममन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदीलाई मनोनीत गरिएको छ। त्यस्तै केन्द्रीय संगठन विभाग सदस्यमा गोपाल प्याकुरेल (कर्णाली) र कञ्चनपुर जिल्ला सभापति पदम बिष्टलाई मनोनीत गरिएको छ।

बैठकले प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गरेर जिल्ला अधिवेशनको तयारी गर्ने, पार्टी हितविपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने र पार्टी केन्द्रीय समितिको आगामी बैठक वैशाख ३० गते आयोजना गर्ने निर्णय गरेको छ।

प्रकाशित: २७ वैशाख २०८३ २०:५५ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast