रास्वपाको बारा जिल्ला समिति विघटन

हिमाल प्रेस २८ वैशाख २०८३ ७:२१ | Monday, May 11, 2026
6
SHARES
रास्वपाको बारा जिल्ला समिति विघटन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको बैठकले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय भएको उनले बताए ।

झाका अनुसार विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता पनि खारेज गरिएको छ । ‍पार्टी हित विपरीत कार्य गरेकाले उनीहरूको सदस्यता खारेज गरिएको उनले जानकारी दिए ।

उनीहरूको नाम भने रास्वपाले सार्वजनिक गरेको छैन ।

प्रकाशित: २८ वैशाख २०८३ ७:२१ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast