बालेन कुन टापुको सम्राट् हो ? : कांग्रेस सांसद केसी

हिमाल प्रेस ७ जेठ २०८३ १३:५२ | Thursday, May 21, 2026
बालेन कुन टापुको सम्राट् हो ? : कांग्रेस सांसद केसी

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जवाफदेही नभएको विषयमा संसद्‍मा प्रश्न गरेका छन्।

संसद् बैठकको बिहीबार विशेष समयमा बोल्दै केसीले भने, ‘उहाँ भिन्दै साम्राज्य, कहीँको टापुको सम्राट् हो कि यो संसद्को  अभिन्न अंग हो? त्यतातिर पनि पनि सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु। यो गम्भीर विषय हो।’

केसीले संसद् बैठकमा नेपालका हिमताल जुनसुकै बेला विस्फोट हुन सक्ने भएकाले पूर्वतयारीमा जुट्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, जुन बेला आगो लाग्छ त्यही बेला कुवा खन्ने प्रवृत्ति नयाँ सरकारले त्यागोस्।’ यसका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको केसीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast