काठमाडौँ- दार्चुलाको व्याँस गाउँपालिका-४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीले सोमबार विद्यालय परिसरमै आत्महत्या गरेका छन्। गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले प्रअ धामीले आत्महत्या गरेको पुष्टि गरेका हुन्।
‘विद्यालय पालिकाबाट नजिकै पर्छ। हेडसर झुन्डिएको अवस्थामा स्कुलका सरहरूले थाहा पाउनुभएछ अनि प्रहरीलाई खबर गर्नुभएछ। मलाई बिहान ६ बजे थाहा भयो। गाउँबाट म टाढा थिएँ। गाउँकै एक जनाले फोन गरेर जानकारी गराउनुभयो। विद्यालयको दोस्रो तलाबाट झुन्डिनुभएछ,’ उनले भने।
विद्यालय सुधार, शैक्षिक अनुशासन र व्यवस्थापनमा सक्रिय मानिएका धामीले आत्महत्यापूर्व सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो सन्देश (सुसाइड नोट) मा आफू योजनाबद्ध मानसिक दबाब, सामाजिक अपमान र चरित्रहत्याको सिकार भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘इमानदारी, पारदर्शिता र जवाफदेहीता मेरो कार्यशैली थियो तर दुष्मन र पापीहरूले मेरो सुन्दर परिवार ध्वस्त बनाए।’
धामीले आफूले विद्यालयलाई नमुना विद्यालय बनाउने लक्ष्यसहित २०७७ सालमा सम्पाल माध्यमिक विद्यालयमा सरुवा भएर आएको उल्लेख गरेका छन्। विद्यालयमा कुनै प्रणाली र व्यवस्थापन नरहेको अवस्थामा आफूले पाँच वर्षभित्र नमुना विद्यालय बनाउने संकल्पसहित काम थालेको उनको भनाइ छ।
उनले आफ्नो कार्यकालमा १८ कोठे पक्की भवन निर्माण, स्मार्ट बोर्ड जडान, पुस्तकालय, आईसीटी तथा विज्ञान प्रयोगशाला स्थापना, बालमैत्री शौचालय निर्माण, निःशुल्क पोसाक वितरण, अतिरिक्त कक्षा सञ्चालन तथा विद्यालयको आर्थिक प्रणाली व्यवस्थित गरेको दाबी गरेका छन्।
धामीले विद्यालयको खातामा आफू जाँदा ५०० रुपैयाँ मात्र रहेको र अहिले १२ लाख रुपैयाँ पुर्याएको उल्लेख गरेका छन्। आत्महत्यापूर्वको सन्देशमा उनले केही शिक्षक, स्थानीय व्यक्ति र अन्य पक्षहरूले आफूलाई योजनाबद्ध रूपमा फसाउने प्रयास गरेको आरोप लगाएका छन्।
आफूविरुद्ध झुटा आरोप फैलाइएको, सामाजिक प्रतिष्ठामाथि आक्रमण गरिएको तथा मानसिक रूपमा कमजोर बनाइएको उनले बताएका छन्। ‘मेरो सामाजिक प्रतिष्ठा, आत्मसम्मान र चरित्रमाथि गम्भीर प्रहार भयो, त्यसैले आत्महत्या गर्न बाध्य भएँ,’ उनले लेखेका छन्।
धामीले केही व्यक्तिहरूको नामसमेत उल्लेख गर्दै उनीहरूले आफूलाई बदनाम गराउने, झुटा सूचना फैलाउने र मानसिक यातना दिने काम गरेको आरोप लगाएका छन्। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उनले आफ्नो मृत्युपछि डीएनए परीक्षण गर्न तथा सत्यतथ्य सार्वजनिक गर्न परिवारलाई आग्रहसमेत गरेका छन्। ‘दूधको दूध र पानीको पानी होस्,’ उनले लेखेका छन्।
घटनापछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक सामग्री, फोन सम्पर्क, घटनास्थल र अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइने जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा एउटा टोली विद्यालयमा गएको छ।
यो घटनाले स्थानीय समुदाय, अभिभावक तथा शिक्षा क्षेत्रमा गम्भीर बहस सिर्जना गरेको छ। शिक्षा क्षेत्रमा कार्यरत शिक्षक तथा प्रधानाध्यापकमाथि हुने मानसिक दबाब, गुटबन्दी, सामाजिक चरित्रहत्या तथा असुरक्षित कार्य वातावरणका कारण यस्तो दुःखद अवस्था आएको भन्दै निष्पक्ष छानबिनको माग उठिरहेको छ।
उनका सहकर्मी शिक्षकहरूले सामाजिक सञ्जालमा एक शैक्षिक अभियन्ताको दु:खद निधनले मुलुकको शिक्षा क्षेत्रका लागि अपूरणीय क्षति भएको उल्लेख गरेका छन्। उनीहरूका अनुसार रामेछापबाट सरुवा भएपछि प्रअ धामी विद्यालयलाई नमुना बनाउने अभियानमा सक्रिय भएका थिए।
स्थानीयवासीले विद्यालय सुधारका लागि काम गर्ने शिक्षक तथा प्रधानाध्यापकलाई सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न राज्यले प्रभावकारी नीति ल्याउनुपर्ने बताएका छन्।
यसैबीच रामेछापको बेथानस्थित कुशेश्वर माविले विद्यालयका पूर्वशिक्षकसमेत रहेका धामीको निधनमा सोमबार विद्यालय बन्द गरेको छ। धामीको निधनमा एक दिन शोक बिदा दिइएको प्रधानाध्यापक राजेन्द्र घिमिरेले जनाएका छन्। धामीले उक्त विद्यालयमा प्राध्यापन गरेका थिए।
यस्तो छ बलदेव धामीले आत्महत्या गर्नुअघि सामाजिक सञ्जालमा लेखेको सन्देश
पृय छाेराहरू राजेश / राकेश र प्यारी जीवन संगीनी सीता तिमीहरूले आफ्नो असल अभिभावक याे सुन्दर संसारबाट गुमाउँदैछाै । अत्यन्तै भावुक मुद्रामा तिमीहरूलाई मेराे मृत्युको खबर सामाजिक संजाल मार्फत जानकारी गराउँदैछु । ईमानदारीता, पारदर्शिता र जवाफदेहीता मेराे कार्यशैलीमा दुष्मन र पापीहरूले चलखेल गरि मेराे सुन्दर परिवारलाई ध्वस्त बनाईदिए।
रामेछाप जिल्लामा लामो समय शैक्षिक कृयाकलापमा समाहित म एक ईमानदार शिक्षक नमुना विद्यालयकाे प्रधानाध्यापक गृह जिल्लामा एउटा विद्यालय नमुना बनाउने साेचले सरूवा गर्ने निर्णयमा पुगे तत्कालीन मेराे कार्यरत विद्यालय कुशेश्वर मा वि विद्यालय ब्यवस्थापन समितिमा कुरा राख्दा वि व्य स अध्यक्ष पृय भाइ दिपेन्द्र खड्काले सर तपाईंका दुई भाइ छाेराहरूलाई काठमाडौंका जुनसुकै कलेजबाट आई एस्सी पढाइ दिन्छु मेराे कार्यकाल भरि बसिदिनुस भनेकाे यदि मानेकाे भए मेराे याे अवस्था यस्तो हुने थिएन।
२०७७ साल कार्तिक ८ गते सरूवा भएर म दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नं ४ स्थित श्री सम्पाल मा वि सुन्सेरामा ४ जनाकाे सिंगाे सुन्दर परिवार सहित हाँजिर हुन आउँदा विद्यालयकाे गेटबाट प्रवेश गर्दा यहाँको माटो छाेएर विद्यालयलाई नमुना बनाउने संकल्प गरेकाे थिएँ । विद्यालयमा हाँजिर हुन आउँदा उद्देग लाग्दाे निराशाजनक वातावरण कुनै पनि सिष्टम र पद्धति नभएको डम्पिङसाईड जस्तो विद्यालयलाई धेरै प्रयास र प्रयत्न गरि ५ वर्ष भित्रमा नमुना बनाउने संकघाेष गरि कार्य थालनी गरे नभन्दै विद्यालय नमुना भयाे तर दुष्मनहरूले मलाई आत्महत्या गर्न बाध्य बनाए।
गृहजिल्लामै भएर पनि आफ्नो घरलाई वास्ता गरेन अहाेरात्र खटेर विद्यालय नमुना बनाएकाे हाेईन फाटाह पापीहरू शुरूदेखि तह श्रेणी र याेग्यता नभएका फटाहहरू दली भट्ट र हरि भट्टकाे प्रधानाध्यापक हुने र भ्रष्टाचार गरि विद्यालय निमट्यान्न गर्ने साेचमा पुर्णविराम लागेपछि अवराेध खेप्दै आएकाेमा एक दिन शनिबार विद्यालयकाे काममा ब्यस्त रहँदा रक्सीको मातमा शिक्षक र विद्यार्थीको अगाडि गालीगलाैच गरि मेराे बेईजत गरेकाे यादछ ? ?? ??? फाटाह दली भट्ट याे कुरा साेहिदिन ब्याँस गाउँपालिका उपाध्यक्ष विनाेद सिँह कुवर ज्युलाई समेत फाेन मार्फत जानकारी गराएकाे थिएँ । २०७७/११/१४ गते प्रधानाध्यापककाे पदभार ग्रहण गरेपछि मैले के के काम गरेकाे थिए विद्यालय नमुना बनाउन ? ?? ???
(१) मंगलसिँह धामी ज्युकाे प्रमुख आतिथ्यतामा सर्बपक्षिय भेला सबैलाई सम्मान कार्यक्रम विद्यालयकाे वातावरण निर्माण ।
(२) सबै किसिमका ड्राेईङडिजाईन र प्रस्तावना पत्र तयार ।
(३) शिक्षक विद्यार्थी आचारसंहिता पुर्णतया कार्यान्वयन
(४) १८ काेठे विद्यालय पक्की भवन निर्माण ।
(५) विद्यालयका पुराना भवनहरूकाे मर्मत रङराेगन ।
(६) सुविधा सम्पन्न पुस्तकालय निर्माण ।
(७) सुविधा सम्पन्न आई सिटी प्रयोगशाला निर्माण ।
(८) स्मार्टबाेर्ड जडान र प्रयाेग ।
(९) प्रविधिमैत्री कक्षाकाेठा निर्माण र प्रयाेग ।
(१०) सुविधा सम्पन्न प्रशासनिक कक्ष निर्माण ।
(११) सुविधा सम्पन्न स्टाफ कक्ष निर्माण ।
(१२) सुविधा सम्पन्न लेखा कक्ष निर्माण ।
(१३) विद्यालय संस्थापकहरूकाे अभिलेख ब्यवस्थापन ।
(१४) वि ब्य स अध्यक्षहरूकाे अभिलेख ब्यवस्थापन ।
(१५) प्रधानाध्यापकहरूकाे अभिलेख ब्यवस्थापन ।
(१६) विद्यालय प्रवेश गर्ने सबै शिक्षकहरूकाे अभिलेख ब्यवस्थापन ।
(१७) बालमैत्री शाैचालय निर्माण ।
(१८) ब्यवस्थित विज्ञान प्रयोगशाला निर्माण ।
(१९) ब्यवस्थित कृषि प्रयाेगशाला निर्माण ।
(२०) ब्यवस्थित खानेपानी निर्माण ।
(२१) वृक्षारोपण गरि हरित विद्यालय निर्माण ।
(२२) शिक्षक प्रशिक्षक आवास ब्यवस्थापन ।
(२३) टाेल टाेलमा अभिभावक शिक्षा प्रदान ।
(२४) नमुना विद्यालय गुरूयाेजना डिपिआर तयार ।
(२५) नमुना विद्यालय स्थापना ।
(२५) प्राविधिकधारकाे विद्यालय स्थापना ।
(२६) ब्यवस्थित वालक्लव कक्ष स्थापना ।
(२७) अधिकतम संख्यामा दराजहरू ब्यवस्थापन ।
(२८) १७० थान सुविधा सम्पन्न कुर्सी ब्यवस्थापन ।
(२९) शिशु कक्षा ब्यवस्थापन ।
(३०) पहिलाे पटक विद्यालयकाे ७१ ओेे बार्षिकाेत्सव आयाेजना ।
(३१) कहिले पनि ४: 00 सम्मम नचल्ने विद्यालय विहान ७: 00 देखि बेलुका ५:०० सम्म संचालन ।
(३२) विद्यार्थीहरू सबैलाई निशुल्क विद्यालय पाेशाक वितरण ।
(३३) नियमित अतिरिक्त कक्षा संचालन ।
(३४) विद्यालय विनियमावली तयार ।
(३५) खानेपानी फिल्टर , ट्याङकी व्यवस्थापन ।
(३६) विद्यालय आम्दानी खर्च प्रणाली ब्यवस्थापन ।
(३७) विद्यार्थी शिक्षक शैक्षिक भ्रमण सिकाई कार्यक्रम ।
(३८) SEE र SLC मा ३.२ र ३.६ जिपिए ल्याउने विद्यार्थीहरूलाई रू ५००० र १०,०००/ प्रदान ।
(३९) उ्त्कृष्ट जिपिए ल्याने विद्यार्थी अभिलेख ब्यवस्थापन ।
(४०) नागरिक बडापत्र तयारि ब्यवस्थापन ।
(४१) शिक्षक उपस्थिति बाेर्ड ब्यस्थापन ।
(४२) विद्यार्थी अभिलेख बाेर्ड ब्यवस्थापन ।
(४३) शिक्षक अतिरिक्त घण्टी अभिलेख बाेर्ड ब्यवस्थापन ।
(४४) गुनासो पेटीका ब्यवस्थापन
(४५) झ्यालहरूमा पर्दा ब्यवस्थापन
(४६) विद्यालयकाे चल्ती खातामा ५००/ रूपयाँ बुझेकाे थिएँ हाल १२,०००००/ बाह्र लाख रूपयाँ पुरयाएकाेछु।
कसरी जन्मेका थिए सत्रुहरू ? ?? ???
~ दलि भट्ट प्रधानाध्यापक हुन नपाएर ।
~ दम्फाकाे प्र अ प्रमानन्द भट्ट विद्यालयकाे पुरानो भवनको २००००/ दुईलाखकाे ढुङ्गा सित्तैमा नपाएर प्र अ लाई याे कुनै पनि बेला महंगो पर्न सक्छ भनेकाे हाेईन फटाहा तैले ? ?? ???
के के गरि रहन्थे सत्रुहरू ? ?? ???
~ विना गल्ती अख्तियारमा मुद्वा दायर प्रमानन्द भट्टकाे याेजनामा अरू ठुलाे ग्रुप संलग्न रहेकाे मेराे शतप्रतिशत १००% विश्वास छ ।
~ विद्यालयकाे सानाे पनि नराम्रो कुरामा प्रमानन्द भट्टकाे मलाई फाेन आई रहन्थ्याे ।
~ विद्यालयकाे राम्रो र शुभकुराहरूमा उसकाे फाेन कहिले पनि आउँदैनथ्याे ।
यसरी शुरू भएकाे थियाे मेराे आत्महत्याको बाध्यकारी घटना
~ २०८३ बैशाख ३/४ गते म र मेराे श्रीमती ब्यक्तिगत कामले काठमाडौं जाने क्रममा महेन्द्रनगर सालिकाे घरमा थियौं प्रमानन्द भट्टकाे फाेन आयाे कहाँ हुनुहुन्छ सर…. एक छिन पछि दलिदत्त भट्टकाे फाेन आयाे कहाँ हुनहुन्छ सर ढीलै भएपनि नया वर्षको शुभकामना …
~ त्यसपछि काठमाडौं पुग्दा पनि प्रमानन्द भट्टकाे प्रायजसाे फाेन आईरहेकाे थियाे । के थाहा गाउँमा यस्तो भएकाे रहेछ ।
~ २०८३ बैशाख १२ गते विद्यालयका ईमानदार शिक्षक राजेन्द्र कुँवर सरकाे फाेन आयाे सर नवराज सरलाई पुलिसले लग्याे किन भन्दा हाम्रै विद्यालयमा कक्षा ५ मा पढ्ने बालिका बलत्कारकाे केसमा ।
~ प्रतिष्ठित विद्यालय र ईमानदार शिक्षककाे पिरले तनाव सिर्जना भएकाे थियोे । सबै साथीहरूलाई विद्यालयमा हाँजिर हुनकाे लागि जानकारी गराए म र पुस्करराज भट्ट सर बैशाख १५ गते विद्यालय आयाै बिचबिचमा प्रमानन्द भट्टकाे फाेन आई रहन्थाे ।
~ बेलुका स्कुलकाे आवासबाट पुष्कर भट्ट सरकाे फाेनबाट वकिल संग मुद्वाकाे बारेमा बुझदा शिक्षकलाई जटिल हुने कुराले झन निराश बनायाे ।
२०८३ बैशाख १५ गते राति र १६ गते विहान मलाई फसाउने याेजना बनाएर पुरै समुदायमा हल्ला फैलाएकाे रहेछ ।
काे काे थिए मलाई फसाउने याेजनाकारहरू ? ?? ???
(१) दम्फाकाे प्र अ प्रमानन्द भट्ट – प्रमुख याेजनाकार प्रयाेग भएकाे फाेन नं 9844695200
(२) दलिदत्त भट्ट सम्पाल मा वि शिक्षक प्रयाेग भएकाे फाेन न 9848649294 फेसबुक मेसेन्जर
(३) सम्पाल मा वि शिक्षक पदमराज भट्ट प्रयाेग भएकाे फाेन नं 9865902270 , 9769521886
(४) हरि भट्ट सम्पाल मा वि शिक्षक फाेन न 9766979268
(५) पुष्करराज भट्ट शिक्षक सम्पाल मा वि सुन्सेरा
फाेन नं 9848746243
(६) नेपाली काँग्रेस ब्याँस पार्टी सभापति नरेन्द्र भट्ट
फाेन नं 9868808235
(७) हालकाे भवन निर्माण ठेकेदार खेमराज भट्ट
फाेन नं 9848775649
८) विक्रमसिँह कुवँर सम्पाल मा वि शिक्षक पदमराज भट्ट, दलिदत्त भट्ट र पुष्कर राज भट्टकाे मतियार बनेकाे
फाेन नं 9843459946 बैशाख १५ / १६ गते देखि
~ पृय छाेराहरू राजेश/ राकेश प्यारी श्रीमती सीता र परिवारका अन्य सदस्यहरू ईष्टमित्र शुभचिन्तक गाउँले दाजुभाइहरू मेराे ईमानमा यी दुष्मनहरूले सिंगाे सुन्सेरा समुदामा र आफ्नो घर घरमा फाेन तथा अन्य माध्यमबाट सुचना प्रवाह गरि पदमराज भट्टले अन्य पालिकाका शिक्षक/ प्र अ हरूलाई समेत फाेन गरि कपाेकल्पित असत्य बलत्कारकाे आराेप लगाएर मेराे शैक्षिक ईतिहास समाप्त गरि स्वाभिमानमा गम्भीर चाेट पुगेकाेले र डिप्रसनकाे सिकार भएर आत्महत्या गर्न बाध्य भएकाेछु । यिनीहरूकाे कलडिटेल लिएर हदै सम्मकाे कार्वाहीकाे माग गर्दछु । जिल्लामा काँग्रेस / एमालेमा यिनीहरूकाे प्रभाव राम्रो रहेकाेले प्रभावित गर्न सक्छन् त्यसैले सर्बाेच्च अदालत सम्म न्यायीक लडाइँ लडिदिनुहाेला ।
~ प्राकृतिक न्यायकाे लागि मैले प्रयाेग गर्दै आएकाे विद्यालय पाेशाक र नमुना विद्यालयकाे डिपिआर गाेरखनाथ मन्दिरको जिम्मा लगाएकाेछु मेराे एउटा मात्र सर्त यीनीहरूकाे बंश बिनाश रहेकाेछ । ईष्टकुल देवता मालिकार्जुन स्वामी , भगवती माता, सम्पाल देवता र गाेरखनाथ मेराे अनाथ बच्चाहरू र सिउँदाे पुछिएकी श्रीमतीले न्याय पाओस दुधकाे दूध र पानीको पानी ।
~ कपाेकल्पित र झुटा आराेप जिल्ला प्रहरी कार्यालय सम्म प्रवाह गरि म र मेराे माेबाईल अनुसन्धानको केन्द्र बनाईएकाे थियाे । नेपाली सेना, विभिन्न कार्यालयका कर्मचारी कहिले काहिँ त उनिहरू सँगै शिक्षक पदमराज भट्ट त कहिले शिक्षक दलिदत्त भट्ट र ठेकेदार खेमराज भट्ट आएर संकेत गर्थे टाउकाे हल्लाउने हाँस्ने यस्ता हर्कत भएकाे थियाे म माथि आत्मस्वाभिमानकाे हमला मेराे उच्च आचरण, सामाजिक चरित्र सिद्याउने अन्यायपूर्ण र सरासर गलत अनुसन्धान सिँगाे समुदायकाे नेतृत्वकर्ता, शिक्षक विद्यार्थीकाे अभिभावक असल र कर्मशील ईमानदार म जस्तो शिक्षकलाई हाेईन अपराधीलाई खाेज प्रहरी साथिहरू ।
मिति २०८३ जेठ २ गते शनिबार सामाजिक विकास कार्यालय दार्चुलाका ईन्जिनियर साब सगै शिक्षक दलि दत्त भट्ट ठेकेदार खेमराज भट्ट र अर्को मेराे अपरिचित ब्यक्ति अनुसन्धानकर्ता हुनुपर्छ विल्डिङकाे नापजाँच थिएन त्याे काेरा अनुसन्धान थियाे प्रष्ट झल्को देखिन्थ्यो । गरिबताकाे फाइदा उठाएर पिडित बालिकाकाे बुबा आमालाई पैसा खुवाएर अदालतमा मलाई अपराधी किटान गर्ने याेेजना बनाउने फटाह ठेकेदार खेमराज भट्ट तँ हस कुत्ता म ठाेकुवा गरेर भन्न सकिरहेकाेछु । गाेलाे पृथ्वीमा दिन पछि रात हुन्छ । ईन्जिनियर साब तपाईंको पनि घरमा बालबच्चा छनहाेला मेरा त आत्मसम्मान र स्वाभिमानकाे लडाइँमा टुहुरा भए तपाईंको टिममा अनुगमन सँगसँगै मलाई हैरानी गर्ने अजुसन्धान पनि थियाे छातीमा हात राखेर साेच्नुस त ! !! !!!
परिवारका सदस्यहरू अबउपरान्त यसाे गर्नु ।
~ शिक्षण पेसा कसैले पनि नराेज्नु ।
~ पृयछाेराहरू राजेश/ राकेश मुटु दराे बनाउनु बिस्तारै मलाई बिर्सनु आफ्नो लयमा फर्कनु मम्मीकाे विशेष ख्याल गर्नु ।
~ पृय जीवन संगिनी सीता आदर्शवाननारी भएर बस्नु मलाई बिर्सिदिनु छाेराहरूकाे विशेष ख्याल गर्नु ।
~ सामान्य परिवारलाई यहाँ सम्म पुर्याउन प्रत्यक्ष र ~ अप्रत्यक्ष रूपमा मेराे भुमिका महत्त्वपूर्ण रहेकाे थियाे अबउपरान्त कसैले निर्वहन गरे ठिकै छ नभए चित्त बुझाउनु ।
~ मैले राज्यकोषबाट पाउने सुविधा उपदान, संचयकाेष,विरामी विदा, ओषधि उपचार खर्च , शिक्षक विमा, कर्मचारी बचतवृद्वी काेषकाे पैसाले तिमीहरूलाई केही बर्ष पुग्छ बाँकि जिवनमा आफै संघर्ष गर्नु ल ।
~ मेराे मृत शरीरकाे DNA परीक्षण गराएर मात्र लास संस्कार्नु DNA परीक्षणकाे शतप्रतिशत आउने Negative result सारा दुनियाँ सामु देखाएर दुष्मनहरूले लगाएकाे कपाेकल्पित निराधार र झुटा अराेप प्रमाणित गराई दिनु ।
~ पृय छाेराहरू / प्यारी जीवन संगिनी सीता मेराे बार्षिक पुण्य तिथि पछि गाेरखनाथ मन्दिरमा बाेकाबलि गरेर पुजा गरिदिनु ।
~ सम्माननीय प्रधानमन्त्री ज्यु, रा स्व पा पार्टी सभापति रविलामीछानेज्यु नेपाल सरकार, सिंगो प्रतिनिधि सभा, सुदुरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार ब्याँसका आदरणीय अध्यक्ष तथा उपाध्यक्ष ज्यु समाजमा रहेका यस्तै ठालुहरूकाे दबदबामा कहिले पनि समाज परिवर्तन हुनेवालाछैन यी फटाहहरूलाई कार्वाहि नभए सम्म मेराे परिवारले न्याय पाउनेवालाछैन नेपाल सरकार ? ?? ??? मेराे माग DNA परीक्षण हाे ? बलत्कार कसले गरेकाे हाे तिनै अबाेध बालिकालाई थाहा हाेला नवराज सर तपाईं निर्दाेष सावित भएर निस्कनु मेराे धेरै धेरै शुभकामना
~ मलाई अपार माया सम्मान र ईज्जत् गर्ने सुन्सेराबासि अभिभावक, विद्यार्थी र स्टाफका मिलनसार साथीहरू स्वाभिमान भन्दा मृत्युु ठुलाे हाेईन त्यसैले कमजोर निर्णयमा पुगे Me sorry पदिय हैसियतमा मैले गरेकाे निर्देशनमा कुनै त्रुटी भएकाे भए माफ गर्नुहाेला । ईमानदार शिक्षक साथीहरू गुलियो बीस सेवन गराउने फटाह दलि भट्ट, पुष्कर भट्ट, पदमराज भट्टकाे चंगाेलमा नफस्नु समयमै आफ्नो गन्तब्य पहिल्याउनु याे मेराे सहि र तथ्यपरक सुझाव हाे । हरक विष्टज्यु , दिलिप बुढाथोकीज्यु मदनसिँह कुवँरज्यु, मंगलसिँ धामीज्यु, देवसिँह धामीज्यु लेखापाल भुपेन्द्र कुवँरज्यु यहाँहरूकाे लक्ष्य पूरा हुनसकेन अधुरो कामका लागि क्षमा चाहन्छु ।
सम्पाल मा वि काे सधैं उन्नति र प्रगति भईरहाेस् म जस्तै ईमानदार अन्य शिक्षकहरूले अनाहकमा बिना गल्ती ईज्जत् , प्रतिष्ठा र आत्मस्वाभिमानकाे लागि आत्महत्या गर्नुनपराेस् ।