आईपीएलको प्लेअफ पुग्ने पहिलो टोली बन्यो आरसीबी

हिमाल प्रेस ४ जेठ २०८३ ७:०२ | Monday, May 18, 2026
6
SHARES
आईपीएलको प्लेअफ पुग्ने पहिलो टोली बन्यो आरसीबी

काठमाडौँ- रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) आईपीएलको प्लेअफमा पुगेको छ। आइतबार धर्मशालामा भएको खेलमा पञ्जाब किंग्सलाई २३ रनले हराउँदै आरसिबीले प्लेअफमा स्थान सुरक्षित गरेको छ। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो। जवाफमा पञ्जाब किंग्स २० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रनमै सीमित भयो। दिल्ली क्यापिटल्सले प्लेअफ सम्भावना कायमै राखेको छ।

आइतबार नै भएको दोस्रो खेलमादिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको १ सय ९४ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेको थियो। दिल्लीका लागि केएल राहुलले सर्वाधिक ५६ रन बनाए भने अभिषेक पोरेलले ५१ रन बनाए। राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले २–२ तथा दसुन शनकाले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनाएको थियो। ध्रुव जुरेलले सर्वाधिक ५३ रन बनाए। जितसँगै दिल्लीको १३ खेलमा १२ अंक भएको छ। आईपीएलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन्। यो खेल चेन्नईमा बेलुकी पौने ८ बजे हुनेछ।

प्रकाशित: ४ जेठ २०८३ ७:०२ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast