कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन जना नयाँ सदस्य मनोनयन

हिमाल प्रेस ४ जेठ २०८३ ७:२२ | Monday, May 18, 2026
10
SHARES
कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन जना नयाँ सदस्य मनोनयन

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन जना नयाँ सदस्य मनोनयन गरेको छ ।

पार्टी सभापति गगन थापाले केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा रहेको समितिमा उनीहरूलाई आइतबार मनोनयन गरेका हुन्। पार्टीको विधान २०७७ (संशोधनसहित) धारा ३८ को उपधारा १ बमोजिम यो मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

मनोनयन हुने सदस्यहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन् । पार्टीले उनीहरूलाई विषयविज्ञका रूपमा समितिमा नियुक्त गरेको हो ।

प्रकाशित: ४ जेठ २०८३ ७:२२ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast