हावाहुरीले सिरहामा घरको पर्खाल भत्किँदा महिलाको मृत्यु

हिमाल प्रेस ६ वैशाख २०८३ ८:१३ | Sunday, April 19, 2026
6
SHARES
हावाहुरीले सिरहामा घरको पर्खाल भत्किँदा महिलाको मृत्यु

सिरहा- हावाहुरीका कारण शनिबार साँझ सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव रहेकी छन्। स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको अवस्थामा आएको तीव्र गतिको हावाहुरीले घरको जस्तापाता उडाएको थियो। जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर उनी गम्भीर घाइते भएकी थिइन्। चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालकाअनुसार घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । उनका अनुसार, प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि पठएको छ ।

गए राति मधेश प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ भने अन्य क्षेत्रमा भएको क्षतिको विवरण पनि संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०८३ ८:१३ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast