विद्यार्थी संगठन खारेज गर्ने तयारीको विरोधमा सडकमा उत्रिए विद्यार्थी

हिमाल प्रेस १० वैशाख २०८३ १५:२२ | Thursday, April 23, 2026
2
SHARE
विद्यार्थी संगठन खारेज गर्ने तयारीको विरोधमा सडकमा उत्रिए विद्यार्थी

काठमाडौँ- विद्यार्थी संगठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।

काठमाडौँको प्रर्दशनीमार्गमा रहेको नेपाल ल क्याम्पसका विद्यार्थीहरुले विद्यार्थी संगठन खारेजीको तयारीका विरुद्धमा प्रदर्शन गरेका हुन्। विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरुको अस्तित्व समाप्त पार्नेगरी चालिएको कदम अधिनायकवादी भएको उनीहरुले जनाएका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘विद्यार्थी आन्दोलन लोकतन्त्रको जननी हो, संविधान प्रदत्त अधिकार खोस्न पाइँदैन, संविधानको रक्षा गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने काम कानूनविपरित हुने भएकाले आफूहरुले सांकेतिक रुपमा विरोध गरेको उनीहरुले बताएका छन्।

विद्यार्थीहरुले विरोध स्वरुप मार्च पास समेत गरेका थिए।

प्रकाशित: १० वैशाख २०८३ १५:२२ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast