गुल्मी फेला पर्‍यो नयाँ प्रजातिको चरा, चरा प्रजातिको संख्या ३५५ पुग्यो

हिमाल प्रेस ७ वैशाख २०८३ ६:२८ | Monday, April 20, 2026
10
SHARES
गुल्मी फेला पर्‍यो नयाँ प्रजातिको चरा, चरा प्रजातिको संख्या ३५५ पुग्यो

काठमाडौँ- गुल्मीमा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ। पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको हो। नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा गरेको पछिल्लो गणनाको क्रममा थाप्ले सत्यवती वन क्षेत्रमा थप ३० प्रजातिका नयाँ चरा फेलापरेका हुन्। जिल्लाको रेसुंगा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणका क्रममा उक्त चरा फेलापरेको नेपाल पन्क्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए।

यसअघि रेसुंगा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुईपटक चरा सर्वेक्षण गरिँदै आएको थियो। सर्वेक्षणका क्रममा नयाँ फेला परेका चरामा तिलहरी, मोटो ठूँडे, पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपँख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेको परियोजना अधिकृत भट्टराईले जानकारी दिए।

गुल्मीको रेसुंगा, मदाने र थाप्ले सत्यवती क्षेत्र आजभोलि दुर्लभ चराको मुख्य बासस्थान बनेको छ । विश्वमा पाइने दुर्लभ चरामध्ये गुल्मीमा छ प्रजातिका चरा फेलापरेका हुन्।

दुर्लभ प्रजातिका चरामध्ये रेसुंगा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन्। नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर जिल्लाको रेसुंगा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ।

नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ४० प्रतिशत चरा फेलापरेको परियोजना अधिकृत भट्टराईले जानकारी दिए। रासस

प्रकाशित: ७ वैशाख २०८३ ६:२८ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast