काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव १० अंकले घटेर दुई हजार ८०७ दशमलव १२ विन्दुमा कायम भएको छ।
आज ३४७ कम्पनीको एक करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर ९५ हजार ८०० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सोलु हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै रु ३७ करोड सात लाख ३५ हजार ९२१ बराबरको कारोबार भएको छ।
कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख ७७ हजार ३७३ कित्ता सेयर किनबेच भएको छ।



