परराष्ट्र मन्त्रालयले गर्‍यो पश्चिम एसियामा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग भर्चुअल अन्तर्क्रिया

हिमाल प्रेस ४ वैशाख २०८३ ५:५० | Friday, April 17, 2026
12
SHARES
परराष्ट्र मन्त्रालयले गर्‍यो पश्चिम एसियामा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग भर्चुअल अन्तर्क्रिया परराष्ट्र मन्त्रालय

काठमाडौँ- परराष्ट्र मन्त्रालयले पश्चिम एशिया र अफ्रिकामा रहेका नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग भर्चुअल अन्तर्क्रिया गरेको छ ।

कार्यक्रमका क्रममा सम्बन्धित देशहरूमा कार्यरत राजदूत, महावाणिज्यदूत र कार्यवाहक प्रमुखहरूले आआफ्ना देशको वर्तमान अवस्था, नेपाली नागरिकको सुरक्षा र संरक्षण, सेवा प्रवाहको स्थिति, अपनाइएका नवीन अभ्यास तथा नियोगका प्राथमिकताबारे जानकारी गराएका थिए।

सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र सुदृढ आर्थिक कूटनीतिमार्फत आर्थिक समृद्धि हासिल गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताए।

उनले नियोगहरूलाई सोहीअनुसार आफ्नो कार्यलाई समन्वय गर्न तथा नवप्रवर्तन र ‘डिजिटलाइजेसन’मार्फत सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता र दक्षता अझ वृद्धि गर्न निर्देशन दिए।

परराष्ट्र सचिव अमृतबहादुर राईले प्रभावकारी सेवा प्रवाहको महत्त्व, परिवर्तनशील सन्दर्भमा आर्थिक कूटनीतिलाई अगाडि बढाउने आवश्यकता तथा दक्षता अभिवृद्धिका लागि प्रविधिको उपयोगमा जोड दिएका थिए।

कार्यक्रमको सञ्चालन मन्त्रालयको मध्यएसिया, पश्चिम एसिया र अफ्रिका महाशाखाका प्रमुख सहसचिव रामकाजी खड्काले गरेका थिए।

प्रकाशित: ४ वैशाख २०८३ ५:५० | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast