काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर हिजोकै मूल्यमा स्थिर छ। हिजो सबैजसो मुद्राको विनिमयदर बढेको थियो। आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०४ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा छ। आज कुबेती दिनार १ को खरिदर ४९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४९० रुपैयाँ १५ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ११ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०० रुपैयाँ १६ पैसा छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर





