शनिबार बिहानैदेखि घर टहरा भत्काइनेछ : काठमाडौँ प्रशासन

हिमाल प्रेस ११ वैशाख २०८३ १४:१७ | Friday, April 24, 2026
18
SHARES
शनिबार बिहानैदेखि घर टहरा भत्काइनेछ : काठमाडौँ प्रशासन

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले थापाथलीस्थित बागमती नदी किनार क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका घर टहरा तथा संरचना हटाउने अभियान शनिबार बिहानैदेखि सुरु गर्ने भएको छ।

प्रशासनले जारी गरेको सूचना अनुसार शनिबार बिहान ६:०० बजेदेखि नदी किनारमा बनेका अनधिकृत संरचना हटाउने काम सुरु गरिनेछ।

यस क्रममा बागमतीलगायत विभिन्न नदी किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका तथा संरचना निर्माण गरेका व्यक्तिहरूलाई लक्षित गरी अभियान अघि बढाइने जनाइएको छ।

प्रशासनले उक्त कार्यका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइसकिएको र विभिन्न सरकारी निकायसँग समन्वय गरी अभियान सञ्चालन गरिने जानकारी दिएको छ।

प्रकाशित: ११ वैशाख २०८३ १४:१७ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast