संसद अधिवेशन रोक्ने सरकारको निर्णय

हिमाल प्रेस १० वैशाख २०८३ १७:२७ | Thursday, April 23, 2026
42
SHARES
संसद अधिवेशन रोक्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले संघीय संसदको अधिवेशन रोक्न राष्ट्रपति कार्यालयलाई पत्र पठाएको छ।

वैशाख १७ गतेका लागि आह्वान गरिएको संसद अधिवेशन रोक्न सरकारले बिहीबार राष्ट्रपति कार्यालयलाई पत्र पठाएको हो।

वैशाख १७ गतेका लागि आह्वान गरिएको संघीय संसदको अधिवेशन रोक्न राष्ट्रपतिलाई पत्र पठाइएको एक मन्त्रीले जानकारी दिए। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन रोक्ने निर्णय गरेको उनले बताए।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वैशाख १७ गते बस्ने गरी बुधबार संघीय संसदको दुवै सदन आह्वान गरेका थिए।

वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।

यो अधिवेशनमा प्रि–बजेट, बजेटलगायतका विषयमा छलफल हुने तयारी थियो। सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संसदमा बजेट पेस गर्नुपर्नेछ।

प्रकाशित: १० वैशाख २०८३ १७:२७ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast