कांग्रेसले थाल्यो जरा अभियान

हिमाल प्रेस १ वैशाख २०८३ १३:२९ | Tuesday, April 14, 2026
18
SHARES
कांग्रेसले थाल्यो जरा अभियान काठमाडौँ महानगरपालिका–३० मा मंगलबार पार्टीको क्रियाशील सदस्यता अध्यावधिक गरी जरा अभियान शुभारम्भ गर्दै सभापति गगनकुमार थापा। तस्बिर स्रोत : थापाको सचिवालय

काठमाडौँ- नेपाली कांग्रेसले जरा अभियान थालेको छ। सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्ने जरा अभियान मंगलबार आफ्नो वडा काठमाडौँ महानगरपालिका-३० मा क्रियाशील सदस्यता अध्यावधिक गरी शुभारम्भ गरेका हुन्।

सभापति थापाले संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले थालिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने जानकारी दिए। अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ।

पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफै जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ। विगतमा अरुले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेस नेताहरुले बताएका छन्।

पार्टीले यसलाई संगठन सुदृढीकरण र अनुशासन बलियो बनाउने महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।

प्रकाशित: १ वैशाख २०८३ १३:२९ | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast